Exercise ‍: कसरत

 

Exercise (कसरत) गदा बिस्तारै सुरु गर्नुस र बिस्तारै अगादि बढाउनु र बिस्तारै छोड्नु होस।

- कसरत गरिरहेको बेला तपाइ बोल्न सक्नु पर्छ,धेरै गारो गरेर नगर्नु होला।

बिस्तारै समय लिएर रोकि रोकि गर्नुहोला।

- पहिलो ३ महिना पछि पछाडिको(ढाड) कसरत नगर्नु होला। यसले गर्दो महत्वपुर्ण नशामा जोड पर्न सक्छ  र बच्चालाई रगत कम पुग्न सक्छ साथै गर्भलाई सास्ति हुने गरि नचल्नु होला।

- कसरत गर्नु अगाडि, गरिरहेको बेला, गरिसकेपछि प्रसस्त पानि पिउनु पर्ने हुन्छ।

- धेरै गर्मि र धेरै जाडो भएको बेला कसरत  नगर्नु होला।

- बक्सिङ फुटबल बास्केट बल जस्ता खेलहरुले गर्भवतिलाई समस्या दिने गर्दछ।

- कसरत गरेमा गर्भवति अबस्थामा आउन सक्ने बिभिन्न खालका समस्याहरुबाट छुटकारा पाउन सकिन्छ।

- कसरत गर्नाले स्वाथ्य गर्भवति महिलालाई गर्भवति भएपछि पनि वजन कायम  गर्न सजिलो हुन्छ।

-दिनदिनै कसरत गरेमा गर्भवति भएको बेला राम्रो र सजिलोसग सुत्न सकिन्छ। साथै डिगदारिता, उडासिनता तथा अनाबश्यक डरबाट छुटकारा पाउनुका साथै आफुमा आत्मबिश्वास बढ्ने गर्दछ।