नियम तथा शर्तहरु :

आमाकोमाया मोबाईल एप्लिकेसनमा तपाईंलाई स्वागत छ। हाम्रो एप डाउनलोड अथवा प्रयोग गर्ना साथ तपाईंलाई यो नियमहरु स्वत: रुपमा लाग्नेछन - तसर्थ यो एप प्रयोग गर्नु अघि यसलाई ध्यान दिएर पढ्नुहोस्। हामी तपाईंलाई यो एप आफ्नो ब्यक्तिगत प्रयोगको लागि निशुल्क प्रदान गरिरहेका छौ, तर तपाईंले यो एप कसैलाई सार्न पाउनु हुन्न। यो एप र यो एपको कुनै हिस्साको पनि तपाईंले नक्कल गर्न पाउनु हुँदैन र यो एपलाई अरु कुनै भाषामा अनुवाद गर्न र यसको उत्पादित संस्करण पनि बनाउन पाउनुहुँदैन। यो एप र यस सँग सम्बन्धित ट्रेडमार्क, कपीराइट, डाटाबेस राइट र अरु बौद्धिक सम्पत्ति राइट आमाकोमाया को मात्र हो।

तपाईंले जानिराख्नु पर्छ कि आमाकोमायाले केही कुराहरुको जिम्मेवारी लिन सक्दैन। यो एपका केही फंक्सनहरु जस्तै सामाग्री डाउनलोड, खाता खोल्ने र एप अप्डेट गर्ने आदि कामका लागि ईन्टरनेट जोड्नुपर्छ। वाइ-फाइमा पनि जोड्न सक्नुहुनेछ अथवा मोबाईल डाटा पनि प्रयोग गर्न सक्नुहुनेछ तर ईन्टरनेटको अभावमा एपले पूर्ण रुपमा काम गर्न नसकेमा आमाकोमायाले जिम्मेवारी लिनेछैन। यदि तपाईं वाइ-फाइ नचल्ने ठाउँमा हुनुहुन्छ भने एप चलाऊन चाहिने अथवा अरु खर्चको लागि मोबाईल डाटाको पैसा लाग्नेछ। यो एप चलाऊदा तपाईं यस्ता खर्चको पूर्ण जिम्मेवारी लिनुहुनेछ।

कुनै समयमा हामी यो एपमा नयाँ अप्डेट हाल्न सक्नेछौ। यो एप अहिले एन्ड्रोइडमा उपलव्ध छ - यसको आवश्यकता बदलिन सक्छ। त्यसैले यो एप प्रयोग गरिरहन चाहनुभएमा तपाईंले एप अप्डेट गर्नुपर्ने हुन्छ। आमाकोमाया तोकेर त भन्दैन कि तपाईंको आवश्यकता अनुसार अथवा तपाईंको एन्ड्रोइड भर्सन अनुसार चल्ने गरी सधैं एप अप्डेट भईरहने छ। तर हामीले एप अप्डेट गरेको बेलामा तपाईंले पनि गर्नै पर्ने हुन्छ। एप अप्डेट अथवा रिप्यर भईरहेको खण्डमा भने हामी तपाईंलाई सुचना प्रदान गर्न असमर्थ हुनेछौ।


१. स्वामित्व र बौद्धिक अधिकार

यो एप यागितेन प्रा लि को स्वामित्वमा छ। सबै अधिकार, शिर्षक, एपमा भएका सामाग्रीहरु, एपको देखाइ, भाव, ट्रेडमार्क, सेवा र एपमा देखाईेएका ट्रेडनामहरु सबै आमाकोमाया र यसका लाइसेन्सरहरुको समपत्ति हो र यसलाई कपीराइट, ट्रेडमार्क, प्याटेन्ट र अन्य नियम र कानुनहरुबाट सुरक्षित गरिएको छ।


२. सामाग्री प्रयोग गर्ने लाइसेन्स

आमाकोमायाले तपाईंलाई निषेध नगरिएको, सार्न नमिल्ने, जुनसुकै बेला परिवर्तन हुनसक्ने गरी सिमित लाइसेन्स दिएको छ जसमा तपाईंले एपका सामाग्रीहरु ब्यापारिक प्रयोजनका लागि नभइ आफ्नो निजी प्रयोगका लागि मात्र हेर्न, सार्न र प्रिन्ट गर्न सक्नु हुनेछ। तर तपाईंले सामाग्रीमा भएका वा सामाग्रीसँग जोडीएका कुनै कपिराइट सुचना, ट्रेडमार्क सुचना अथवा अरु सुचनाहरु हटाउन वा अस्पस्ट पार्न सक्नुहुनेछैन। एपमा उपलब्ध भएका सामाग्रीहरु अरु कुनै प्रयोग वा प्रयोजनका लागि आमाकोमायाको लिखित स्विकृति बिना प्रयोग गर्नसक्नु हुनेछैन। यस सम्झौतामा नखुलाईएको अधिकारहरु आमाकोमायासँग मात्र सिमित छ।


३. सम्झौतामा परिवर्तन

आमाकोमायाले सिर्फ आफ्नो अधिकारमा बेला बेलामा यो सम्झौता परिवर्तन गर्न सक्नेछ र कहिले देखी नयाँ सम्झौता लागु भयो भनेर खुलाउनेछ जसलाई यो एप मार्फत सुचित गरिनेछ। तसर्थ यो एप प्रयोग गर्नु हुँदा नयाँ सम्झौता आयो कि भनेर तपाईंले हेर्नुपर्ने हुन्छ। यो एप प्रयोग गरेपछि तपाईं यो सम्झौअता पालन गर्न र नियममा बाधिन तयार हुनुपर्छ।


४. एपको लक्षित दर्शक

यो एपलाई यागितेन प्रा लि ले आफ्नो लाजिम्पाट, काठमाडौंको अफिसबाट संचालन गरिरहेको छ। यो एप उमेरदार मानिसलाई लक्षित गरेर बनाइएको हो र १३ बर्ष मुनिका बच्चालाई होइन।


५. ट्रेडमार्क सुचना

यो एपमा प्रयोग गरिएका, रेजिस्टर भएका वा नभएका सबै ट्रेडमार्क, सेवामार्क, लोगो र डिजाइन आमाकोमाया र अरु तेस्रो पार्टिको स्वामित्वमा छ। यि ट्रेडमार्क, सेवामार्क, लोगो र डिजाइन तपाईंले हाम्रो पुर्व लिखित स्विकृति बिना प्रयोग गर्न अथवा देखाउन सक्नुहुन्न।


६. लागु हुने नियम कानुन

यो सहमती र यससँग सम्बन्धित विवादको समाधान नेपालको कानुन बमोजिम व्याख्या र त्यसै अनुसार संचलान गरिनेछ। तपाईं र आमाकोमायाको बिच यस बिषयमा कानुनी रुपमा अगाडि बढ्नुपरेमा काठमाडौं, नेपालमा रहेको कानुनी अधिकार युक्त अदालतमा हुनेछ र तपाईं यो कुरामा सहमत हुनुपर्छ।


यी नियम र सर्तहरु भर्खरै १ जुन २०२२ मा अप्डेट भएको छ।